विश्व मुटु दिवसको उपलक्ष्यमा आज यहाँ प्रभातफेरी एवं सचेतना कार्यक्रम आयोजना गरी मनाइएको छ।
कोसी अस्पताल विराटनगरद्वारा आयोजित प्रभातफेरीले गौश्वारा, शनिहाट, तीनपैनी, गोल्छा, सत्यनारायण मन्दिर, जैन भवन, जलजला , हस्पिटल र देवकोटा चोक हुँदै पुनः अस्पतालको प्राङ्गणमा पुगेको थियो।
प्रभातफेरीमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट लक्ष्मीनारायण यादव, चिकित्सक, विभिन्न औषधि बिक्री प्रतिनिधि, सर्वसाधारण र सञ्चारकर्मीको सहभागिता थियो।
सो अवसरमा मेडिकल सुपरिटेन्डेन्ट डा यादवले उच्च रक्तचाप र मधुमेहको नियन्त्रण, शारीरिक अभ्यास, धूमपान, मद्यपान नियन्त्रण गरी मुटु रोगबाट हुने अकाल मृत्युबाट बच्न सकिने बताए।
कोसी अस्पतालका डा दीपक सिग्देल, उत्तर मैनाली र औषधि बिक्री प्रतिनिधि अञ्जेश साहले नेपालमा ३० प्रतिशत युवामा मुटु रोग देखापरेकाले यस रोगबाट हुने हृदयघात, पक्षाघात तथा मिर्गौला खराब हुनबाट जोगिन दैनिक ४५ मिनेट हिँड्डुल, हरियो सातपातको प्रयोग, धुवाँधुलोबाट जोगिनु र धूमपान प्रयोग नगर्न आग्रह गरे। रासस
Shares
प्रतिक्रिया