ad ad

कोशी


कोसी ब्यारेजका ४१ ढोका खोलिए, सुरक्षित रहन अनुरोध

कोसी ब्यारेजका ४१ ढोका खोलिए, सुरक्षित रहन अनुरोध

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित सप्तकोसी ब्यारेजमा बढेको पानीको बहाव। शनिबार साँझको तस्बिर: अरुणकुमार यादव/रासस


नेपालखबर
असार २३, २०८१ आइतबार ७:४, धरान (सुनसरी)

सप्तकोसी नदीको जलसतह बढ्दै गएको छ।

अहिले बिहान ६ बजेसम्म कोसी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ।

सप्तकोसी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोसी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्।

सुनसरीमा शनिबार सप्तकोसी नदीमा बढेको पानीको बहाव अनुगमन तथा निरीक्षण गर्दै सुरक्षाकर्मी। तस्बिरः अजितकुमार झा/रासस

सप्तकोसी जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तकोसी नदी किनारका बासिन्दालाई सुरक्षित रहन केन्द्रले अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .