ad ad

कोशी


विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र, सोमबार उद्घाटन

विराटनगरमा शैलजा आचार्य हृदय रोग केन्द्र, सोमबार उद्घाटन

नेपालखबर
माघ ७, २०८० आइतबार १६:२५, काठमाडौँ

शैलजा आचार्य हृदय रोग केन्द्र विराटनगर अस्पताल सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको छ।

कोसी प्रदेश सरकारले सञ्चालन गर्न लागेको उक्त अस्पतालको सोमबार बिहान ११ बजे उद्घाटन गर्ने तयारी गरिएको हो।

उक्त अस्पतालको उद्घाटन प्रदेश प्रमुख पर्शुराम खापुङ, प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता डा. शेखर कोइराला र मुख्यमन्त्री केदार कार्कीले गर्दैछन्। 

मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकबाट चालू आर्थिक वर्षका लागि ल्याएको बजेटमार्फत शैलजा आचार्य हृदय रोग केन्द्र अस्पताल सञ्चालनको घोषणा गरेका थिए।

अस्पताल सञ्चालनका लागि चिकित्सक, उपकरण, भौतिक संरचना लगायतका सम्पूर्ण तयारी पूरा भएको प्रदेश स्वास्थ्य मन्त्रालयकि सचिव डा. सुधा देवकोटाले बताइन्।

प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता कोइराला, मुख्यमन्त्री कार्की, प्रदेश योजना आयोगका उपाध्यक्ष पुरञ्जन आचार्य, गणेशराज कार्कीलगायतले उक्त अस्पताल सञ्चालनका लागि गरिएको तयारीको आइतबार अनुगमन गरेका छन्।

उनीहरूले अस्पतालसँगैको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पनि अनुगमन गरे। उक्त प्रयोगशालामा नै उक्त अस्पतालमा उपचारका लागि आउने बिरामीहरूको आवश्यक स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरेको हो।

अनुगमनका क्रममा कांग्रेस नेता कोइरालालगायतका व्यक्तिहरूले जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण समेत गराएका थिए।

अनुगमनपछि कोइरालाले हृदय रोग उपचारका लागि शैलजा आचार्य हृदय रोग केन्द्र उपयुक्त भएको बताएका छन्।

उनले यस अस्पतालले काठमाडौं बाहिर बिरामीहरूको हृदय रोगको उपचारको ढोका खुलेको बताएका हुन्।

मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका हृदय रोगका बिरामीहरूको उपचार संघीय सरकारको एक लाख र प्रदेश सरकारको एक लाख गरी दुई लाखले निःशुल्क उपचार हुने बताए।

उनले यो अस्पताल सञ्चालनले कोशी प्रदेशका साथै मधेस प्रदेशका हृदय रोग बिरामीलाई काठमाडौं र भारत धाउनै पर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको बताएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .