एमालले सुनसरीमा पनि उम्मेदवारको टुंगो लगाएको छ। प्रतिनिधि सभाका लागि सुनसरी क्षेत्र नम्बर २ बाट भीम आचार्य उम्मेदवार बन्ने छन्।
तीन बाट भगवती चौधरी र ४ बाट जगदीश कुसीयैत उम्मेदवार बन्नेछन्। ४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नम्बर १ भने जसपाको भागमा परेको छ।
प्रदेशतर्फ भने क्षेत्र १ क बाट रमेश बस्नेत र ख बाट विजय राईले टिकट पाएका छन्। २ क बाट रेवतीरमण भण्डारी र ख बाट रामप्रसाद मेहताले टिकट पाएका छन्।
३ क बाट रोहित कार्की र ख बाट रामदेव मेहता एमालेका तर्फबाट प्रदेशमा उम्मेदवार हुने एमाले केन्द्रीय सदस्य जगदीश कुसियतले जानकारी दिए।
यस्तै निर्वाचन क्षेत्र नम्बर ४ क जसपालाई छाडेको एमालेले ख बाट भने अब्बास मियाँलाई उम्मेदवार बनाउने भएको छ।
प्रतिक्रिया