मोरङ जिल्ला कारागारमा कोरोना संक्रमण फैलिएको छ।
कारागारमा रहेका ३९ वर्षीय कैदी नीरबहादुर नेपाललाई अत्यधिक ज्वरो आएपछि कोसी अस्पताल लगिएको थियो।
एन्टिजेन परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखियो भने उपचारका क्रममा उनको मृत्यु भएको छ।
अत्यधिक ज्वरो आएपछि थप १८ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरिएको छ।
भर्ना गरिएका कैदीबन्दीको एन्टिजेन परीक्षण गराउँदा १६ जनाको रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले जानकारी दिए।
उनका अनुसार बिरामी परेका कैदीबन्दीको कोसी अस्पतालमा शुक्रबार बिहान एन्टिजेन परीक्षण गरिएको हो।
भर्ना गरिएकामध्ये १६ जनाको एन्टिजेन पोजिटिभ र २ जनाको नेगेटिभ आएको खरेलले जानकारी दिए।
नेपाल ज्यान मार्ने उद्योगको मुद्दामा अदालतले दोषी ठहर गरेपछि २०७६ साउन २५ गतेदेखि नेपाले कारागारमा बसेर कैद सजाय भुक्तान गरिरहेका थिए।
अचानक १०४ डिग्री ज्वरो आएपछि उनलाई उपचारका लागि बिहीबार नै अस्पताल भर्ना गरिएको थियो।आईसीयूमा राखेर उपचार भइरहेको उनको मृत्यु भएको प्रहरी जनाएको छ।
प्रतिक्रिया