धरान उप महानगरपालिकाको कार्यपालिका बैठकमा चर्काचर्की भएको छ। आर्थिक वर्ष ७९/८० को बजेट पास गर्ने विषयमा भएको कार्यपालिका बैठकमा मेयर र उपमेयर कोष खारेज गरिनु पर्छ भन्ने विषयमा विवाद भएको थियो।
यसअघि पनि विवाद हुँदा हुँदै पनि उपमहानगरको बजेट, निती तथा कार्यक्रम आएको थियो।
मेयर र उपमेयर दुवैले बजेटमा छुट्टाछुट्टै कोष राखेपछि एमाले सम्वद्ध कार्यपालिका सदस्यहरुले यसको विरोध गरेका थिए। कोष राख्दा नीतिगत भ्रष्टचार हुने भन्दै कार्यपालिका सदस्यहरुले विरोध गरेका थिए।
कार्यपालिका सदस्यहरुले कोष राख्ने हो भने विषयगत समितिहरु किन बनाइएको हो? कार्यपालिका सदस्य दिनेश गजमेरले प्रश्न गरेपछि बजेटमा चर्काचर्की भएको थियो। गजमेरले मेयर कोष मात्रै राखेर जाने हो भने बजेट पास हुने बताए।
यस अघिको कार्यपालिका बैठकमा पनि विरोध हुँदा हुँदै पनि बजेटमा भने कोषको व्यवस्था गरिएको थियो।
बजेटमा मेयरका लागि १ करोड २० लाख रुपैयाँ र उपमेयरका लागि ८० लाख रुपैयाँको कोष राखिएको छ। कार्यपालिका सदस्यहरुले यसको विरोध गरेका थिए।
चर्काचर्कीपछि मेयर हर्क साम्पांगले भने, ‘तपाँइहरुलाई मेरो अनुहार मन नपरेपनि ५ वर्षका लागि म धरानको मेयर हो। मेरो नाम भित्तामा लेखेर राखिएको छ।’
मेयरले भने मेयर उप मेयर कोष धराने जनताको म्यान्डेटका आधारमा राखिएको भन्दै कसैले भन्दैमा नहटाइने बताए। उनले मेयर कोषमा राखेको पैसा इटहरीमा विकास नगर्ने बताए। उनले यो पैसा धरानकै विकासका लागि हो।
उनले प्रश्न गरे, ‘आवश्यक परे आफू चढ्ने गाडी स्कर्पियो गाडी बेचेर रोलर किन्न म तयार छु तपाइँहरु सहमति हुने हो?’
सुनसरीको धरान उपमहानगरपालिकामा प्रस्ताव गरिएको नगर प्रमुख र उप–प्रमुख कोषमार्फत विकास योजना सञ्चालन गर्ने विषयमा कार्यपालिका सदस्यहरुले विरोध गरेपछि उपमेयर अइन्द्र विक्रम बेघाले स्वतन्त्रबाट जितेको भन्दैमा मेयरले पैसा चलाउन नपाउने हो? भन्दै प्रश्न गरेका थिए।
कार्यपालिका बैठकमा मेयर हर्क साम्पाङले पनि कोष राख्ने वा नराख्ने भन्ने कुरालाई धेरै विरोध गर्नु उपयुक्त नहोला। जनताबाट योजना माग हुन्छन्। कोषमा राखेको पैसाले धरानकै विकास गर्ने हो। जनताले सहयोग माग गरेर आएभने मैले कहाँ बाट दिने? भन्दै कार्यपालिका सदस्यहरुलाई प्रश्न गरे।
बैठकमै कार्यपालिका सदस्यहरुले प्रश्न उठाएपछि उपप्रमुख अइन्द्रविक्रम बेघाले विकासका योजना वडाबाटै तय हुने र बाँडेर आउने भन्दै प्रमुख र उपप्रमुख कोषमार्फत गर्न नहुने भन्ने नरहेको जिकिर गरे।
जनतालाई विकाससँग जोड्न खोजिएको दाबी गर्दै उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघाले प्रश्न गरे, ‘जनता विकास माग्न आए कुन कसरी कुन प्रावधानबाट गर्ने हो भन्ने द्विविधा हुनुहुँदैन। प्रमुख र उप–प्रमुखले योजनाहरूमा बजेट दिन पाउनु पर्छ कि पर्दैन?’
बेघाले सेन्टिमेन्टको आधारमा राजनीति नगर्न र सबै मिलेर काम कार्यकाल सफल बनाउन आग्रह गरे।
लामो समयको विवादपछि मेयर उपमेयर छुट्टा छुट्टै कोष नबनाइए एउटै कोष बनाएर जाने सहमति भएको छ। मेयर र उपमेयर कोषको बारेमा सहमति भएपछि नगरसभा सुरु भएको थियो।
प्रतिक्रिया