जुम्लामा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबारदेखि जारी अविरल वर्षामा कारण शनिबार बिहान ४ बजे पहिरो जाँदा जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा ६ जनाको मृत्यु भएको हो।
पहिरोमा पुरिएर जुम्ला कन्कासुन्दरी–५ का गणेशबहादुर शाही, उनका २२ वर्षीय छोरा रमेशबहादुर शाही, ९ वर्षका अनमोल शाही, ६ वर्षका मिलन शाही, उनकी श्रीमती पानसरा शाही, छिमेकी २४ वर्षीया सुरेन्द्र हमालको मृत्यु भएको हो।
दुई जनाको भने उद्धार गरिएको छ।
घरमुली ५५ वर्षीय गणेशबहादुर शाहीको शव बिहान ९ः५० बजे फेला परेको प्रहरीले जनाएको छ। २२ वर्षीया विद्या शाही भने अझै बेपत्ता छिन्।
यस्तै घाइते ५० वर्षीया सरस्वती हमाल र उमेर नखुलेको रामबहादुर हमाललाई प्रहरीले उद्वार गरी स्थानीय स्वास्थ्य चौकीमा पुर्याएको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया