भारतको उत्तराखण्ड राज्यमा १३ दिनदेखि बेपत्ता युवती जलेको अवस्थामा जंगलमा मृत भेटिएकी छन्।
भारतीय पत्रिका अमरउजालाका अनुसार नटराज चोकभन्दा करिब एक किलोमिटर अगाडि देहरादुन रोडअन्तर्गत राजमार्ग छेउको जंगलमा दुई सय मिटरभित्र २१ वर्षीया विनिता भण्डारीको आधा जलेको शव फेला परेको हो।
उनको पहिचानपछि उनका प्रेमी अर्जुन रावतलाई प्रहरीले पक्राउ गरेको छ।
उनीविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ। ढलवाला निवासी महावीरसिंह भण्डारीकी छोरी विनीता यही डिसेम्बर ४ देखि बेपत्ता थिइन्।
बाबुले मुनी प्रहरी चौकीमा छोरी हराएको उजुरी दिएका थिए। सीसीटीभी फुटेज जाँच गर्दा विनीता डिसेम्बर ४ मा बिहान ११:०८ बजे नटराजचोक नजिकै देहरादुनतर्फ एक्लै हिँड्दै गरेको देखियो। उनको हातमा झोला पनि थियो।
त्यसपछि राति ११ः३२ बजे विनीताको मोबाइल स्विचअफ भयो। पछिल्लो स्थान र सीसीटीभी फुटेजका आधारमा प्रहरीले विनीतालाई यही क्षेत्रमा खोजिरहेको थियो।
पोस्टमार्टमा लागि शव अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया