गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको अध्यक्षमा महेन्द्रजंग शाहको उम्मेदवारी औपचारिक रुपमा घोषणा भएको छ। महेन्द्रजंग शाहले बुधबार आफ्नो आधिकारिक फेसबुक मार्फत उम्मेदवारी घोषणा गरेका हुन्।
शाह लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका एक सफल व्यवसायी हुन्। विभिन्न समस्यामा परेका नेपालीहरुको उद्धार र समस्या समाधानका लागि पहल गर्ने सामाजिक व्यक्ति पनि हुन्।
मलेसियाका विभिन्न नेपाली संघ संस्थामा आबद्ध हुँदै विगतमा एनआरएन मलेसियाको अध्यक्ष हुँदै एनआरएनको आईसीसी सदस्य रही यस अभियानमा लाग्दै आएका शाहले अध्यक्षमा आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा सँगै प्रतिबद्धता पत्र जारी गरेका छन्।
शाहले व्यक्त गरेका प्रतिबद्धतामा मलेसियामा रहेका नेपालीहरुलाई निशुल्क एनआरएनएको सदस्यता वितरण गर्ने, एनसीसी मलेसियाको हरेक गतिबिधिलाई श्रमिक मजदुरहरुको पक्षमा अधिकतम श्रममैत्री बनाउन कोसिस गर्ने र अझ सशक्त बनाउने, नेपालमा पर्यटन प्रबर्द्धनका लागि अधिकतम पहल गर्ने, नेपाली नियोगसँग सहकार्य गर्दै नेपाली समुदायमा आइपरेका समस्या तथा अलपत्र परेका नेपाली श्रमिकहरुको हकहित तथा समस्या समाधानका लागि अधिकतम पहल गर्नेलगायत छन्।
Shares
प्रतिक्रिया