ad ad

ग्लोबल


सेनाको संख्या बढाएर १५ लाख पुर्‍याउन पुटिनको आदेश, रुसी सेना दोस्रो ठूलो बन्ने

सेनाको संख्या बढाएर १५ लाख पुर्‍याउन पुटिनको आदेश, रुसी सेना दोस्रो ठूलो बन्ने

नेपालखबर
असोज १, २०८१ मंगलबार १५:४७,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मुलुकको सैन्य संख्या १ लाख ८० हजारले बढाउन आदेश दिएका छन्। यससँगै सक्रिय सैनिकको संख्या १५ लाख पुग्ने छ। 

र, रुस चीनपछि सबैभन्दा धेरै सेना भएको दोस्रो मुलुक बन्ने छ।

सरकारी वेबसाइटमा प्रकाशित सो आदेश डिसेम्बर १ देखि लागू हुने छ। जसअनुसार रुसको सम्पूर्ण सशस्त्र फौजको संख्या २३ लाख ८० हजार पुग्नेछ।

प्रमुख सैन्य थिंक ट्यांक इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडिजको तथ्यांकअनुसार सो आदेश लागू भएपछि रुसले सक्रिय सैन्य संख्यामा अमेरिका र भारत दुवैलाई उछिन्नेछ। 

चीनसँग भने २० लाखभन्दा बढी सक्रिय सैनिक छन्।

२०२२ को फेब्रुअरीमा युक्रेन आक्रमण सुरु गरेयता सैन्य संख्या बढाउने आदेश पुटिनले तेस्रोपटक दिएका हुन्। कुर्स्क क्षेत्रमा युक्रेनी सेनाले घुसेर आक्रमण गरेपछिको अवस्थामा यो आदेश आएको हो।

गत जुनमा पुटिनले युक्रेनसँगको युद्धमा करिब ७ लाख सैनिक सहभागी रहेको बताएका थिए।

२०२२ को अन्त्यतिर रुसले ३० लाख जगेडा सैनिकलाई सेवामा भर्ती गरेको थियो। त्यसबाहेक स्वयंसेवक लडाकुमा रुस निर्भर रहँदै आएको छ।

तर, यत्तिका धेरै सैनिकको खर्च धान्नेगरी रुससँग रक्षा बजेट नरहेको भन्दै कतिपय विश्लेषकले प्रश्न पनि उठाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .