ad ad

ग्लोबल


रुसले इरानलाई आणविक प्रविधि दिएको भन्दै अमेरिका र बेलायतमा चिन्ता

रुसले इरानलाई आणविक प्रविधि दिएको भन्दै अमेरिका र बेलायतमा चिन्ता

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १७:३९,

ब्यालिस्टिक क्षेप्यास्त्रको बदलामा रुसले इरानलाई आणविक हतियार निर्माणसम्बन्धी प्रविधि दिएको भन्दै अमेरिका र बेलायतले चिन्ता व्यक्त गरेका छन्। 

शुक्रबार वासिङ्टनमा भएको भेटमा अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायती प्रधानमन्त्री किअर स्टार्मरले रुस र इरानबीच सैन्य सहकार्य बढेको स्वीकारेका थिए।

इरानले लामो समयदेखि आणविक प्रशोधन गरिरहेको छ। तर, हालसम्म आणविक हतियार बनाइसकेको छैन। बाइडेन र स्टार्मरको भेटमा इरानले रुसबाट आणविक प्रविधि लिएको कुरा उठेको बेलायती स्रोतलाई उधृत गर्दै द गार्डियनले जनाएको छ।

गतसाता अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले लन्डनमा बेलायती समकक्षी डेविड लामीसँगको भेटमा यस्तै चिन्ता व्यक्त गरेका थिए।

‘रुसको कुरा गर्दा उसले इरानले खोजेको प्रविधि दिइरहेको छ। आणविक मुद्दामा र अन्तरिक्षसम्बन्धी सूचना पनि,’ ब्लिन्केनले भनेका थिए।

गतसाता नै इरानको प्रशोधित युरेनियम भण्डार बढेको भन्दै बेलायत, फ्रान्स र जर्मनीले संयुक्तरूपमा चेतावनी दिएका थिए। 

तर, अब आणविक हतियार बनाउन इरानलाई कति प्रविधि आवश्यक छ र उसले कति समयमा त्यो काम सम्पन्न गर्न सक्छ भन्ने कसैलाई थाहा छैन। यद्यपि, रुसी विज्ञको साथमा वा जानकारी लिएर काम गर्दा प्रक्रिया छोटो बन्न सक्छ। 

इरानले भने आफूहरूले आणविक हतियारको विकास नचाहेको बताउँदै आएको छ।

२०१५ मा इरानले पश्चिमा मुलुृकहरूसँग आणविक सम्झौता गरेको थियो। जसअनुसार नाकाबन्दी फुकुवाको सट्टामा उसले आणविक हतियार निर्माण प्रक्रिया रोकेको थियो। तर, २०१८ मा डोनाल्ड ट्रम्पले सो सम्झौताबाट हात झिकेका थिए।

पछिल्लो समय इरान सो हतियार निर्माणको निकट पुगेको अनुमान गरिँदै छ। यहीबेला इरानले रुसलाई युक्रेनमा प्रहार गर्न ड्रोन तथा क्षेप्यास्त्र पनि उपलब्ध गराइरहेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .