ad ad

ग्लोबल


चीनले सन् १९५० पछि पहिलोपटक बढायो अवकाश उमेर

चीनले सन् १९५० पछि पहिलोपटक बढायो अवकाश उमेर

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १९:४६, काठमाडौँ

सन् १९५० पछि चीनले पहिलोपटक अवकाशको उमेर बढाउने भएको छ। चीनमा वृद्धको संख्या धेरै छ।

चिनियाँ सरकारले अवकाश उमेर बढाउने प्रस्ताव शुक्रबार स्वीकृत गरेको हो।

जसअनुसार ब्लु कलर जब (कडा परिश्रम) गर्ने महिलाको अनिवार्य अवकाश उमेर ५० बाट बढाएर ५५ वर्ष पुर्‍याइएको छ।

ह्वाइट कलर (पेसेवर) महिलाको हकमा यो उमेर ५५ वर्षबाट बढाएर ५८ वर्ष पुर्‍याइएको छ।

पुरुषको अवकाश उमेर ६० वर्षबाट बढाएर ६३ वर्ष पुर्‍याइएको छ।

चीनमा सेवानिवृत्तिको उमेर विश्वमा सबैभन्दा कम छ।

चिनियाँ सरकारी मिडियाका अनुसार शुक्रबार पारित प्रस्ताव नुसार यी परिवर्तन २०२५ जनवरी १ देखि लागू हुनेछन्।

आगामी १५ वर्षका लागि प्रत्येक केही महिनामा अवकाशको उमेर क्रमशः बढाइनेछ।

चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार सेवानिवृत्तिको कानुनी उमेर नपुग्दै अवकाश लिने अनुमति दिइने छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .