रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देश युक्रेनसँग शान्ति वार्ताका लागि तयार रहेको तर यसका लागि केही सर्त रहेको बताएका छन्।
उनले भनेका छन्, ‘रुस युक्रेनसँग वार्ता गर्न तयार छ। रुसले यसलाई कहिल्यै अस्वीकार गरेको छैन। तर यो युक्रेनका अस्थायी मागमा आधारित हुनेछैन। वार्ता इस्तानबुलमा हस्ताक्षर गरिएका कागजातमा आधारित हुनेछन्।’
उनले रुसले युक्रेनी सरकारका प्रतिनिधिसँग सम्भावित शान्ति वार्ताका लागि सबै मापदण्डमा पूरा गरेको दाबी गरेका छन्।
रुसी सहर भ्लादिभोस्तोकमा रुसको पूर्वी आर्थिक मञ्चमा प्रश्नोत्तर सत्रमा भने, ‘यी सबै मापदण्डबारे सबै कुरामा सहमति भएको छ।’
समाचार एजेन्सी रोयटर्सका अनुसार पुटिनले भने, ‘हामी आफ्ना साथी र सहयोगीहरूलाई सम्मान गर्छौं, जो मलाई लाग्छ कि यो द्वन्द्व अन्त्य गर्न वास्तवमै गम्भीर छन्। मुख्यतया यी देश भारत, चीन र ब्राजिल हुन्, म यस विषयमा मेरा मित्रहरूसँग निरन्तर सम्पर्कमा छु। र, यी देशका नेताहरूले हामीलाई यस जटिल प्रक्रियाका सबै सूक्ष्मता बुझ्न मद्दत गर्न गम्भीर प्रयास गर्नेछन् भन्नेमा कुनै शंका छैन। यी देशहरूसँग रुसको विश्वासको सम्बन्ध छ।’
Shares
प्रतिक्रिया