फ्रान्सको ले पोटेल नजिकैको समुन्द्रमा आप्रवासीले भरिएको डुंगा पल्टिएको छ।
दुर्घटनामा हालसम्म १२ जनाको मृत्यु भएको छ।
फ्रान्सको कोस्टगार्डले अहिलेसम्म ५३ जनाको सकुशल उद्धार गरिएको जनाएको छ।
कोस्ट गार्डले उद्धार गरिएका धेरैलाई तत्काल उपचार आवश्यक रहेको बताएको छ।
समुद्रमा खोजी जारी छ। मृतक र घाइतेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।
बीबीसीका अनुसार उत्तरी फ्रान्सका मानिसहरू लगातार बेलायत प्रवेश गर्ने प्रयास गरिरहेका छन्।
यो वर्ष हालसम्म २० हजार मानिस फ्रान्सबाट बेलायत पुगेका छन्।
यसले यहाँको सरकारलाई दबाब परिररहेको बीबीसीले उल्लेख गरेको छ।
93
Shares
प्रतिक्रिया