ad ad

ग्लोबल


युक्रेनको खार्किभमा रुसी आक्रमणमा परी १४ वर्षीया बालिकाको मृत्यु

युक्रेनको खार्किभमा रुसी आक्रमणमा परी १४ वर्षीया बालिकाको मृत्यु

युक्रेनको खार्किभमा रुसले गरेको आक्रमण


नेपालखबर
भदौ १५, २०८१ शनिबार ८:३२, काठमाडौँ

युक्रेनको उत्तरी भागमा रहेको खार्किभ सहरमा रुसले गरेको पछिल्लो आक्रमणमा १४ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय अधिकारीहरूले यो रुसद्वारा नियन्त्रित बम हमला भएको पुष्टि गरेको बीबीसीले जनाएको छ। 

यसबाहेक रुसी सीमानजिकै रहेको १२ तले भवनलाई पनि निशाना बनाइएको थियो। जसमा कम्तीमा ६ जनाको ज्यान गएको थियो भने ५९ जना घाइते भएका थिए।

यी हमलापछि सार्वजनिक तस्बिरमा भवनको माथिल्लो भागमा आगो र कालो धुवाँ देखिन्छ। अनि मानिसको उद्धार प्रयास गरिएको पनि देखिन्छ। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्ना सबै अन्तर्राष्ट्रिय साझेदारलाई रुसभित्र आक्रमण गर्न अनुमति दिन अपिल गरेका छन्, ताकि रुसी आक्रमण रोक्न सकियोस्। 

युक्रेनी राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गर्दै गत हप्ता रुसले युक्रेनमा ४०० भन्दा बढी ड्रोन र मिसाइल आक्रमण गरेको जनाएको छ।

पछिल्लो रुसी आक्रमण युक्रेनी वायुसेना प्रमुख लेफ्टिनेन्ट जनरल मिकोला ओलेस्चुकलाई पदच्युत गरेको केही घण्टापछि भएको हो।

जेलेन्स्की आफैँले जान मिकोला ओलेस्चुकलाई पदबाट हटाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .