हालसम्म भेटिएकामध्ये दोस्रो सबैभन्दा ठूलो हीरा बोत्स्वानामा फेला परेको छ। क्यानडेली कम्पनी लुकारा डायमन्डको खानीमा २४९२ क्यारेटको हीरा भेटिएको हो।
सन् १९०५ मा दक्षिण अफ्रिकामा फेला परेको कलिनान हीरा हालसम्म भेटिएको सबैभन्दा ठूलो हो।
तर, त्यसलाई विभिन्न ९ टुक्रामा काटिएको छ। जसमध्ये केही बेलायती राजाको मुकुटमा राखिएको छ।
बोत्स्वानाको राजधानी गाबोरोनबाट ५०० किमि उत्तरतर्फको एक खानीमा सो हीरा भेटिएको हो।
यसअघि सो मुलुकमा २०१९ मा १७५८ क्यारेटको हीरा फेला परेको थियो।
विश्वभरको हीरा उत्पादनको २० प्रतिशत हिस्सा बोत्स्वानाले ओगट्छ।
कम्पनीले हीराको खोजबाट उत्साहित भएको जनाएको छ। तर, त्यसको गुणस्तर र मूल्यबारे कम्पनीले केही बताएको छैन। एजेन्सी
798
Shares
प्रतिक्रिया