सेन्सरसिप विवादका कारण सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ले ब्राजिलमा आफ्नो कार्यालय बन्द गरेको छ।
एक्सले ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश अलेक्जेन्डर डे मोरेसले आफ्नो कानुनी प्रतिनिधिलाई सेन्सरसिप आदेश अवज्ञा गरेकामा गिरफ्तार गर्ने धम्की दिएको बताएको छ।
ब्राजिलको सर्वोच्च अदालतले यस सम्बन्धमा कुनै टिप्पणी गरेको छैन।
ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश मोरेसले एक्सका धेरै अकाउन्टलाई गलत सूचना फैलाएको आरोप लगाएका थिए।
150
Shares
प्रतिक्रिया