इरानमा बिहीबार हमासका शीर्ष नेता इस्माइल हानियाको शव यात्रामा हजारौँ मानिस सहभागी भएका छन्।
हानिया बुधबार तेहरानमा भएको आक्रमणमा मारिएका थिए।
इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले हमास नेताका लागि प्रार्थना गरेका छन्।
हानियाको शवलाई कतारमा दाहसंस्कार गरिने भएको छ।
हानियाको हत्या भएपछि खामेनीले भनेका थिए, ‘हमास नेताको मृत्युको बदला लिनु इरानको कर्तव्य हो।’
अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै खामेनीले इजरायलविरुद्ध प्रत्यक्ष हमला गर्न आदेश पनि दिएको बताइएको छ।
तेहरानमा भएको आक्रमणको इरानले इजरायललाई जिम्मेवार ठहर गरेको छ। तर इजरायलले अहिलेसम्म यस हमलाको प्रत्यक्ष जिम्मेवारी लिएको छैन।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आफ्नो देशले हालका दिनहरूमा आफ्ना शत्रुहरूलाई कडा प्रहार गरेको बताएका छन्। जसमा तेहरान आक्रमणको केही घण्टाअघि लेबनानमा एक वरिष्ठ हिजबुल्लाह कमान्डर मारिएको घटना पनि पर्छ। बीबीसी
Shares
प्रतिक्रिया