ad ad

ग्लोबल


चुनावी नतिजापछि कंग्रेस हेडक्वार्टरबाट सम्बोधन गर्दै राहुल गान्धी

चुनावी नतिजापछि कंग्रेस हेडक्वार्टरबाट सम्बोधन गर्दै राहुल गान्धी

नेपालखबर
जेठ २४, २०८१ बिहिबार १७:१४, काठमाडौँ

लोकसभा चुनावको नतिजासँगै कंग्रेस नेता राहुल गान्धीले आज साढे ५ बजे (भारतीय समय) सम्बोधन गर्ने भएका छन्। 

दिल्लीस्थित कंग्रेस मुख्यालयबाट राहुलले सम्बोधन गर्नलागेका हुन्। 

लोकसभा चुनावमा उनको पार्टीले ९९ सिट जितेको छ। कंग्रेससहितको इन्डिया गठबन्धनले कुल २३४ सिट जित्न सफल भएको छ। 

यता बीजेपीले कुल २४० सिट जित्दा उसको एनडीए गठबन्धनले २९३ सिट जितेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिने तयारी गर्दा राहुल प्रतिपक्षी नेता बन्ने तयारीमा छन्। 

पार्टीगत हिसाबमा अन्यले कुल २०४ सिट जित्दा अन्य गठबन्धनको कुल सिट संख्या १६ मात्रै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .