ad ad

ग्लोबल


चीनले तिब्बत र सिन्जियाङ जोड्ने रणनीतिक रेलमार्ग निर्माणलाई तीव्रता दिने

चीनले तिब्बत र सिन्जियाङ जोड्ने रणनीतिक रेलमार्ग निर्माणलाई तीव्रता दिने

नेपालखबर
जेठ २१, २०८१ सोमबार १६:३६,

चीनले स्वशासित क्षेत्रहरु तिब्बत र सिन्जियाङलाई जोड्ने रणनीतिक रेलमार्ग निर्माणलाई तीव्रता दिने भएको छ। 

‘रेलमार्ग निर्माणलाई अझै सुधार गर्न आवश्यक छ। पश्चिमी क्षेत्रमा अझै थुप्रै अविकसित ठाउँ छन्। र, तिब्बत तथा सिन्जियाङ प्रवेश गर्ने तथा निस्किने प्रमुख रणनीतिक मार्गलाई सुदृढ गर्न आवश्यक छ,’ चाइना रेलवे ग्रुपका वरिष्ठ अधिकारी लिउ वेनसियानले भनेका छन्।

सरकारी रेल सञ्चालकले निकाल्ने मुखपत्र द पिपुल्स रेलमा प्रकाशित अन्तर्वार्तामा लिउले राष्ट्रिय रणनीति कार्यान्वयन गर्ने हेतुले यस्ता मार्ग निर्माण गरिने बताएका छन्।

विश्लेषकहरु सिन्जियाङ र तिब्बतलाई लिएर चीनको योजना निकै ठूलो रहेको बताउँछन्।

‘सिन्जियाङ चीन–युरोप रेलमार्गको द्वार हो भने छिङ्हाइ–तिब्बत चीनको पश्चिमी सीमा सुरक्षाको दृष्टिले निकै महत्वपूर्ण छ,’ सिङ्हुवा युनिभर्सिटीका एक अध्येता भन्छन्।

लिउका अनुसार २०२५ सम्ममा चीनको रेलमार्ग सञ्जालको लम्बइ १ लाख ६५ हजार किलोमिटर पुग्नेछ। जसमा ५० हजार किमि हाइस्पिड रेलमार्ग हुनेछ। 

२०२२ मा चीनले ४० हजार किमि हाइस्पिड रेलमार्ग बनाइसकेको थियो। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .