इरानी सेनाले शनिबार स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ।
इरानको यो कारबाही त्यस्तो बेला भएको हो, जतिबेला सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा तेहरानले आक्रमण गर्ने डर बढेको छ।
यो कन्टेनर जहाजको नाम एमएससी एरिज हो, जुन संयुक्त अरब इमिरेट्स र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुज हुँदै गइरहेको थियो। यो जहाज शनिबार बिहान कब्जा गरिएको हो।
इरानको समाचार एजेन्सी आईआरएनएले एउटा भिडिओ जारी गरेको छ, जसमा हेलिकप्टर कन्टेनर जहाज माथि उडिरहेको र कम्तीमा तीन जना डोरी प्रयोग गरेर जहाजबाट ओर्लिरहेको देखिन्छ।
जहाज मर्मत गर्ने कम्पनी एमएससीले जहाजमा २५ जना चालक दलका सदस्य रहेको बताएको छ।
जहाज पोर्तुगाली झण्डा लगाइएको छ तर यो लन्डनमा रहेको अन्तर्राष्ट्रिय सिपिङ अपरेटर जोडिआक मारिटाइमको स्वामित्वमा छ, जसको मालिक एक इजरायली हुन्।
An informed source in the IRGC Navy confirmed the seizure of a foreign vessel affiliated with the Zionist regime in the Persian Gulf, near the Strait of Hormuz, adding that further details will be announced soon. pic.twitter.com/fw7YCGOb6A
— IRNA News Agency (@IrnaEnglish) April 13, 2024
इरानी मिडियाका अनुसार यो अपरेसन रिभोलुसनरी गार्ड्सको नौसेना विशेष बलले गरेको थियो।
इजरायली सेनाका प्रवक्ताले इरानले परिस्थितिलाई थप तनावपूर्ण बनाएको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायलको युद्ध मन्त्रिपरिषद् सदस्य बेन्नी गान्ट्जसँग कुरा गरेका छन् र यो तनाव बढाउन कसैको हितमा नभएको बताएका छन्।
Shares
प्रतिक्रिया