रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक अलेक्सी नभाल्नीको शव अझै फेला परेको छैन।
गत शुक्रबार आर्कटिक सर्कलको जेलमा बिरामी परेको भनिएका नभाल्नीको त्यसको केही समयपछि मृत्यु भएको थियो।
उनकी आमा लुडमिलाले जेल अधिकारीहरूले आफ्नो छोराको शव पोस्टमार्टमपछि हस्तान्तरण गरिने बताए पनि अहिलेसम्म नपाइएको बताएकी छन्।
नभाल्नीको टोलीले आफ्ना एक सदस्यलाई शव हेर्न जेल परिसर नजिकैको सालेखार्ड सहरमा पठाइएको तर त्यहाँ पुग्दा शवगृह बन्द रहेको बताएको छ।
कारागार अधिकारीलाई उद्धृत गर्दै नभाल्नीको शवको पोस्टमार्टम गरिएको बताइएको छ। तर उनको मृत्युबारे कुनै निष्कर्ष निकाल्न सकेको छैन। अब दोस्रोपटक पोस्टमार्टम हुनेछ।
प्रमाण नष्ट गर्न उनको शव हस्तान्तरण गर्न जानाजानी ढिलाइ भएको आरोप नभाल्नीको टोलीले लगाएको छ।
रुसले नभाल्नीलाई विष दिएर मारेको समाचार निराधार भएको बताएको छ।
Shares
प्रतिक्रिया