इजरायली सेनाले शनिबार लेबनानमा भएको आक्रमणमा रोयटर्सका पत्रकारको मृत्युप्रति गहिरो दुःख व्यक्त गरेको छ।
समाचार एजेन्सी एएफपीका अनुसार हमलामा रोयटर्सका पत्रकार इसम अब्दुल्लाह मारिएका हुन्।
तर इजरायली सेनाले पत्रकारको मृत्युको जिम्मेवारी लिएको छैन।
सेनाका प्रवक्ता रिचर्ड हेचले भने, ‘हामी यसबारे अनुसन्धान गरिरहेका छौँ।’ यस आक्रमणमा एएफपीका २ जनासहित ६ पत्रकार घाइते भएको बीबीसीले जनाएको छ।
636
Shares
प्रतिक्रिया