आम आदमी पार्टीका राज्यसभा सांसद सञ्जय सिंहलाई दिल्लीको अदालतले बिहीबार अक्टोबर १० सम्म पाँच दिनका लागि ईडीको हिरासतमा पठाएको छ।
दिल्लीका सिंहलाई बुधबार ईडीले दिल्ली एक्साइज नीतिसँग सम्बन्धित मनी लोन्ड्रिङ मुद्दामा पक्राउ गरेको हो।
राउज एभिन्यु अदालतका विशेष न्यायाधीश एमके नागपालले सञ्जय सिंहलाई सोधपुछका लागि ईडी हिरासतमा पठाएका हुन्।
सञ्जय सिंहलाई आज राउज एभिन्यु अदालतमा पेस गरिएको थियो।
ईडीले अदालतसँग १० दिनका लागि हिरासत मागेको थियो र सिंहलाई डिजिटल प्रमाण र मुद्दामा थप अनुसन्धानको लागि सोधपुछ गर्न आवश्यक रहेको दाबी गरेको थियो।
विशेष अभियोजक तथा अधिवक्ता नवीनकुमार मट्टाले भने, ‘बुधवार सञ्जय सिंहको घरमा खानतलासी गरी बयान लिइएको थियो। अहिलेसम्म २ करोड नगद र ३ करोड गरी कुल ३ करोड रुपैयाँ दिएको अनुसन्धानबाट खुलेको छ।’
Shares
प्रतिक्रिया