ad ad

ग्लोबल


चीनलाई चुनौती दिन ताइवानले बनायो पहिलोपटक पनडुब्बी

चीनलाई चुनौती दिन ताइवानले बनायो पहिलोपटक पनडुब्बी

नेपालखबर
असोज १२, २०८० शुक्रबार ६:४३, काठमाडौँ

चीनको खतरासँग जुध्न ताइवानले आफ्नो पहिलो स्वदेशी पनडुब्बी तयार गरेको छ।

बीबीसीका अनुसार ताइवानकी राष्ट्रपति साई इङ वेनले पनडुब्बीको प्रक्षेपण कार्यक्रममा भाग लिइन्।

अमेरिकी अधिकारीहरूले ताइवानलाई आगामी वर्षहरूमा चीनले आक्रमण गर्नसक्ने चेतावनी दिएका छन्।

चीनले ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्दै चीनको ुमुख्यभूमिुमा एउटा मात्र सरकार रहेको बताउँछ।

युक्रेनमा रुसले आक्रमण गरेपछि ताइवानको भविष्यबारे बहस चर्किएको छ।

कार्यक्रममा राष्ट्रपति वेनले भनिन्, ‘यो दिनलाई इतिहासले सदा स्मरण गरिरहनेछ, पहिले यो काम असम्भव मानिन्थ्यो तर हामीले गरेर देखायौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .