ad ad

ग्लोबल


बच्चा जन्माउँदा पेटभित्रै छुटेछ अपरेसन गर्ने उपकरण, १८ महिनापछि पत्ता लाग्यो

बच्चा जन्माउँदा पेटभित्रै छुटेछ अपरेसन गर्ने उपकरण, १८ महिनापछि पत्ता लाग्यो

नेपालखबर
भदौ १९, २०८० मंगलबार २०:५२, काठमाडौँ

न्युजिल्यान्डको अकल्यान्ड सहरमा झन्डै १८ महिनाअघि बच्चा जन्माएकी एक महिलाको पेटबाट शल्यक्रिया गर्ने उपकरण निकालिएको छ। यी महिलाले सिजेरियन अपरेसन गरेर बच्चा जन्माएकी हुन्। 

तर शल्यक्रियाका क्रममा उनको पेटमा ‘डिनर प्लेट’ जत्तिकै ठूलो सर्जिकल उपकरण छुट्यो। 

जसलाई उनी सुत्केरी भएको १८ महिनापछि निकालिएको हो। यस अवधिमा महिलाले धेरैपटक डरलाग्दो पीडा सहनुपरेको थियो।

ती महिलाले धेरै डाक्टरलाई भेटिन् र अन्ततः सीटी स्क्यान गरेपछि थाहा भयो- उनको पेटमा शल्यक्रिया गर्ने उपकरण छ।

सरकारी अस्पताल बिरामीको हेरचाह गर्न असफल रहेको टिप्पणी स्वास्थ्य नियामकहरूले गरेका छन्।

सुरुमा अकल्यान्डको स्वास्थ्य जिल्ला बोर्डले सरकारी अस्पताल बिरामी हेरचाह गर्न असफल नरहेको दाबी गरेको थियो। 

तर न्युजिल्यान्डको स्वास्थ्य तथा अपाङ्गता आयुक्तले सोमबार जारी गरेको अनुसन्धान प्रतिवेदनमा यसमा असहमति जनाएका छन्।

स्वास्थ्य आयुक्त मोराग म्याकडोवेलले भने, ‘यो स्पष्ट छ- महिलाको हेरचाहको गुणस्तर कमजोर छ किनभने शल्यक्रिया पछि पनि उनको पेटमा कुनै उपकरण बाँकी रहेको पत्ता लगाउन असफल भयो। उपकरण महिलाको पेटमै छुट्यो तर कसरी टाँका लगाउनुअघि हटाइएन!’

अकल्यान्डको अस्पतालमा दुई वर्षभित्र बिरामीको शरीरमा उपकरण छाडिएको यो दोस्रो घटना भएको पनि आयुक्तले बताए।बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .