विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनलाई भारतले उछिन्न लागेको रिपोर्ट सार्वजनिक भएको छ।
जनसंख्यासम्बन्धी प्रतिवेदनमा भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने उल्लेख छ ।
संयुक्त राष्ट्र जनसंख्या कोष (यूएनएफपीए)को तथ्यांकअनुसार यो वर्ष भारतको जनसंख्या १ अर्ब ४२ करोड ८६ लाख पुग्नेछ। जबकि चीनको जनसंख्या १ अर्ब ४२ करोड ५७ लाखमा सीमित हुनेछ।
प्रतिवेदनमा ३४ करोड जनसंख्यासहित अमेरिका तेस्रो स्थानमा हुने बताइएको छ।
सन् २०२१ मा भएको जनगणनाअनुसार हाल चीनको जनसंख्या १ अर्ब ४१ करोड छ। भारतमा सन् २०११ यता जनगणना भएको छैन।
त्यसताका भारतको १ अर्ब २१ करोड रहेको थियो। १२ वर्षको अवधिमा मात्रै भारतमा २१ करोड जनसंख्या थपिएको प्रक्षेपण गरिएको छ। भारतमा पछिल्लो १२ वर्षको अवधिमा थपिएको जनसंख्या मात्रै पनि नेपालको कुल जनसंख्याभन्दा ७ गुणाले बढी हो।
यससँगै विश्वको जनसंख्या यसै वर्ष ८ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
Shares
प्रतिक्रिया