शुक्रबार उत्तर कोरियाले छोटो दुरीको मिसाइल परीक्षण गरेको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार उत्तर कोरियाले दक्षिण कोरियाको सीमानजिकै आफ्नो युद्धक विमान पनि उडाएको छ।
उत्तर कोरियाले आणविक परीक्षण गर्न सक्ने आशंका अमेरिकाले गरिरहेको समयमा उत्तर कोरिया नयाँ मिसाइल परीक्षण गरेको हो।
पछिल्लो केही सातामा उत्तर कोरियाले आफ्नो मिसाइल परीक्षण र सैन्य अभ्यास बढाएको छ। यसैबीच अमेरिका र दक्षिण कोरियाले उत्तर कोरिया अहिले मुलुकको सातौं आणविक हतियार परीक्षणको तयारीमा रहेको आरोप लगाएका छन्।
उत्तर कोरियाले भने दक्षिण कोरियाले सीमा क्षेत्रमा गरेको हवाई अभ्यासको जवाफमा उक्त मिसाइल परीक्षण गरिएको बताएको छ।
दक्षिण कोरियाका अनुसार उत्तरले आकाशबाट समुद्रमा १७० हवाई फायर पनि गरेको छ।
108
Shares
प्रतिक्रिया