अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानमा अहिलेसम्मकै ठूलो कुनै आक्रमण भएको अवस्थामा अमेरिकी सेनाले उसको रक्षा गर्ने बताएका छन्। पछिल्लो समय ताइवानको विषयलाई लिएर चीन र अमेरिकाबीच तनाव बढिरहेको अवस्थामा बाइडेनले यस्तो बताएका हुन्।
आइतबार एक अन्तर्वार्तामा बोल्दै उनले यस्तो बताएका हुन्। यद्यपि उनले ताइवान स्वतन्त्र हुनुपर्छ वा हुनुहुँदैन भन्ने विषयमा भने केही पनि बताएनन्।
बाइडेनले ताइवानलाई रक्षा गर्ने बताइरहँदा उनले अमेरिकाको ‘एक चीन नीति’मा भने कुनै पनि परिवर्तन नभएको उल्लेख गरेका छन्।
उनले आफूहरु एक चीन नीतिमा सहमत भएको र त्यसमा हस्ताक्षर गरेकाले ताइवानको मामिलामा उनीहरुको निर्णय लिने अधिकार रहेको बताए। आफूहरुले ताइवानलाई स्वतन्त्र बन्न पनि नउक्साएको उनको दाबी छ।
यसअघि पनि अमेरिकाले ताइवानमाथि आक्रमण भएको अवस्थामा उसको रक्षा गर्ने बताउँदै आएको थियो। चीनले भने अमेरिकालाई ताइवानको मामिलामा दखल दिनु आगोसँग खेल्नुजस्तै हुने चेतावनी दिइसकेको छ।
बाइडेनले रुस–युक्रेन युद्ध चल्दासम्म युक्रेनलाई दिइने सहयोग जारी राखिने बताए।
Shares
प्रतिक्रिया