ad ad

ग्लोबल


अमेरिकाले हटायो पर्यटकका लागि कोरोना परीक्षणको नियम

अमेरिकाले हटायो पर्यटकका लागि कोरोना परीक्षणको नियम

नेपालखबर
जेठ २८, २०७९ शनिबार ११:५८, काठमाडौँ

अमेरिकाले शुक्रबार हवाई उडानबाट आउने पर्यटकका लागि कोरोना परीक्षणको नियम हटाएको छ। महामारीपछि सामान्य जनजीवनमा फर्किने क्रममा यसलाई महत्वपूर्ण कदम भएको बताइएको छ। 

ह्वाइट हाउसका सहायक प्रेस सेक्रेटरी केभिन मुनोजले सोमबारदेखि कोरोना परीक्षणको नियम हट्ने बताए। यसले अमेरिकाको पर्यटन उद्योग पनि पहिलाकै अवस्थामा फर्किन सक्ने उनको विश्वास छ। 

अहिलेसम्म अमेरिका प्रवेश गर्ने मानिसले अनिवार्यरुपमा कोरोना परीक्षण गर्नुेपर्ने व्यवस्था छ। कोरोना परीक्षणमा नेगेटिभ आउने मानिसलाई मात्र अमेरिका प्रवेशमा अनुमति दिइँदै आएको छ। 

गत महिना अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख नाघेको थियो। अमेरिकामा पछिल्लो समय अनिवार्य मास्क लगाउनुपर्ने नियम हटिसकेको छ। यद्यपि पछिल्लो केही समययता अमेरिकामा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या बढेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .