ad ad

ग्लोबल


नाइजरमा कक्षाकोठामा अचानक आगो लाग्दा २५ जना बालबालिकाको मृत्यु

नाइजरमा कक्षाकोठामा अचानक आगो लाग्दा २५ जना बालबालिकाको मृत्यु

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार १४:२१, काठमाडौँ

दक्षिणी नाइजरस्थित एक भुपडी कक्षाकाेठामा आगो लाग्दा कम्तीमा २५ बालबालिकाको मृत्यु भएको छ। 

अधिकारीहरूका अनुसार मृतक बालबालिकाको उमेर ५ वर्षदेखि ६ वर्षसम्म थियो। 

बीबीसीका अनुसार नाइजरको मराडी क्षेत्रमा सोमबार बिहान बालबालिका पढिरहेका बेला कक्षाकोठामा अचानक आगलागी भएको हो। आगो लाग्नुको कारण स्पष्ट भएको छैन।

नाइजरमा धेरैजसो विद्यालय कच्ची र फुसको छाना भएका हुन्छन्। थोरै मात्र विद्यालयका भवन पक्की छन्।  

एक प्रत्यक्षदर्शीका अनुसार घटनास्थलबाट धेरै शव तथा घाइते बालबालिका अस्पताल लगिएको थियो।

घाइतेमध्ये केही बालबालिकाको अवस्था गम्भीर रहेको बताइएको छ। विद्यालयका सबै कक्षा रद्द गरिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .