ad ad

ग्लोबल


जलवायु परिवर्तनबारे ओबामाले गरे चीन र रुसको आलोचना

जलवायु परिवर्तनबारे ओबामाले गरे चीन र रुसको आलोचना

नेपालखबर
कात्तिक २३, २०७८ मंगलबार ७:५८, काठमाडौँ

पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले जलवायु सम्मेलन कोप२६ मा सहभागी नभएको भन्दै चिनियाँ राष्ट्रपति सि चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका छन्।

स्कटल्याण्डको ग्लासगोमा सोमबार सम्बोधन गर्दै ओबामाले विश्वका प्रमुख हरितगृह ग्यास उत्सर्जन गर्ने मुलुकका प्रमुख यो सम्मेलनमा उपस्थित नभएको बताउँदै यसले जलवायु परिवर्तन न्यूनीकरणको लागि कदमका लागि उनीहरुमा खासै चासो नदेखाउनु लज्जास्पद भएको बताएका छन्।

उनीहरुले जलवायु परिवर्तन न्यूनीकरणको लागि तत्कालै कुनै कदम चाल्ने संकेत नदेखाएको ओबामाको भनाइ छ। 

सन् २०१५ मा भएको पेरिस जलवायु सम्मेलनपछि पहिलोपटक ओबामाले यो सम्मेलनमा भाग लिएका हुन्। ओबामाले युरोप तथा अमेरिकाजस्ता विकसित मुलुकले जलवायु परिवर्तन न्यूनीकरणको लागि नेतृत्व लिनुपर्ने बताएका छन्।

यसलाई रुस, चीन र भारतले पनि पछ्याउनुपर्ने बताए। उनले युवापुस्ताले जलवायु परिवर्तन न्यूनीकरणको लागि आवाज उठाउनुपर्नेमा जोड दिए। 

यसअघि चिनियाँ राष्ट्रपति जलवायु सम्मेलनमा उपस्थित नभएको विषयमा जवाफ दिँदै चीनले जलवायु परिवर्तन न्यूनीकरणको लागि बोली नभई आवश्यक कदम चाल्नु आवश्यक रहेको बताएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .