राष्ट्रिय प्रजातन्त्र पार्टीले गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिने घोषणा गरेसँगै उनी बहुमत नजिक पुगेका त छन् तर स्वतन्त्र सांसद दीपक मनाङे र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाको समर्थन अपरिहार्य देखिएको छ।
फणीन्द्रले माओवादी केन्द्रको चुनाव चिन्हबाट नै चुनाव जितेका हुन्। उनी हाल माओवादी केन्द्र संसदीय दलको सदस्य भएको र ह्विप लाग्ने सो पार्टीको जिकिर छ।
माओवादी केन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ। फणीन्द्रले फ्लोर क्रस गर्ने तयारी गरेको विपक्षीको बुझाइ छ।
त्यसैले एमाले र माओवादीले तत्काल सुरेन्द्रलाई विश्वासको मत लिनबाट रोक्ने र धारा ५ मा जान आग्रह गरेका हुन्।
मुख्यमन्त्रीले चाहिँ फणीन्द्रको पार्टी फरक भएको र पार्टीको निर्णय नै अन्तिम हुने जिकिर गरे।
सदनमा उठेका प्रश्नको जवाफ दिँदै उनले सो जिकिर गरेका हुन्।
अब ६० सदस्यीय प्रदेशसभामा हस्ताक्षरसहित मत विभाजन हुने सभामुख कृष्ण धितालले घोषणा गरेका छन्।
Shares
प्रतिक्रिया