ad ad

गण्डकी


गण्डकीको विशेष अधिवेशन वैशाख ८ गते, राजीनामाको ‘मुड’मा मुख्यमन्त्री

गण्डकीको विशेष अधिवेशन वैशाख ८ गते, राजीनामाको ‘मुड’मा मुख्यमन्त्री

नेपालखबर
बैशाख १, २०८० शुक्रबार ८:२, पाेखरा

गण्डकी सरकारले यही वैशाख ८ गते प्रदेशसभाको विशेष अधिवेशन गर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अधिवेशनका लागि प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए।

उनका अनुसार एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेकाले संविधानबमोजिम विश्वासको मत लिन विशेष अधिवेशनका लागि अनुरोध गर्न लागिएको हो। यद्यपि, मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयत्न गर्छन् कि सोही दिन राजीनामा दिन्छन् भन्ने प्रस्ट छैन। उनले वैशाख १० गतेसम्म विश्वासको मत लिइसक्नुपर्छ। उनी यतिबेला उद्घाटनलगायतका कार्यक्रममा व्यस्त छन्। बिहीबार मात्र उनले ४ वटा पुल उद्घाटन गरेका छन्। 

गत चैत १० गते माओवादी केन्द्रले खगराज नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। सोही दिन माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका भौतिक पूर्वाधार विकासमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशम जुग्जालीले मुख्यमन्त्री खगराज अधिकारीसमक्ष राजीनामा बुझाएका थिए। माओवादीका ८ र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ अनि एमालेका २२ सांसदको समर्थनमा गत पुस २५ गते खगराज मुख्यमन्त्री बनेका हुन्। 

६० सदस्यीय प्रदेशसभामा सरकार बनाउन ३१ सांसदको समर्थन जुटाउनुपर्छ। कांग्रेस र माओवादी मिलेकाले उनीहरुसँग सहज बहुमत छ।  संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री बनेका उनले पुस २५ गते विश्वासको मत पाएका थिए। 

केन्द्रमा समीकरण फेरबदलसँगै उनी अल्पमतमा परेका छन्। विश्वासको मत नपाउँदा उनी स्वतः सरकारको नेतृत्वबाट बाहिरिन्छन्। त्यसपछि यहाँ सबैभन्दा ठूलो दलको नाताले नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे नेतृत्वमा सरकार बनाउने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .