चीनको दुई सन्तान मात्र जन्माउने पाइने कानुन उल्लंघन गरेर सातवटा बच्चा पाएपछि त्यहाँको सरकारले ती दम्पत्तीलाई एक लाख ५५ हजार डलर अर्थात् एक करोड ८१ लाख ३६ हजार रुपैयाँ जरिवाना तिराएको हो।
३४ वर्षकी व्यापारी महिला जाङ रोनग्रोङ र उनका ३९ वर्षका श्रीमानले जरिवाना बुझाइसकेको इन्साइडर डटकमले जनाएको छ।
उनीहरुको पाँच छोरा र दुई छोरी जन्मिएका छन्। यदी उनीहरुले सरकारलाई जरिवाना नतिरेको भए उनीहरुको सन्तानले सरकारबाट पहिचान प्राप्त गर्दैन थिए।
चीनमा सन् २०१५ यता दुई सन्तान मात्र जन्माउन पाइने कानुन बनेको छ। यसअघि चीनमा एक सन्तान मात्र जन्माउने पाइने कानुन थियो।
देशमा बढ्दो जनसंख्या वृद्धि दरलाई रोक्ने यस्तो कानुन ल्याइएको हो।
उक्त जरिवानाको पैसा समाजमा बालबालिकाकै हितका लागि खर्च हुने बताइएको छ।
3
Shares
प्रतिक्रिया