गत फेब्रुअरी ११ मा उनी ६८ वर्षको जेल जीवन बिताएर थुनामुक्त भएका हुन्।
उनी १५ वर्षको हुँदा अर्थात् सन् १९५३ मा जेलमा परेका थिए। डकैती र आक्रमणको घटनामा उनी संलग्न भएका थिए।
सो घटनामा दुईको मृत्यु भएको थियो भने ६ जनामाथि चक्कु प्रहार भएको थियो। उनीमाथि डकैती गरेको साथै हत्या गरेको आरोप लागेको थियो।
आजको दिनसम्म पनि उनले हत्या गरेको विषयालाई भने स्वीकार गरेका छैनन्।
झन्डै ७ दशक जेलमा बिताएका जो लाइगन जब जेल बाहिर आए उनी अमेरिकाको विकास देखेर तीन छक्क परे।
उनले गगनचुम्बी भवनहरु देख्दा आफूलाई अचम्म लागेको बताउँछन्।
द फिलाडेल्फिया इन्क्वाइररसँग कुरा गर्दै लाइगनले भनेका छन्,‘फिलाडेल्फियामा धेरै परिवर्तन भएछ। म अग्ला भवनहरु हेरिरहेको छु। यी सबै मेरा लागि नयाँ कुरा हुन्। म सानो छँदा यस्तो भवन अस्तित्वमै थिएन।’ डेलीमेल
प्रतिक्रिया