होस्टलको मालिक बस्ने सबैभन्दा तल्लो तलामा चितुवा देखिएको आसाम राज्यको गुहावटी प्रहरीले बताएका छन्।
होस्टल संचालक मौसुमी बोराका अनुसार चितुवा सोफामा फसेको थियो। चितुवा सोफामा अड्किएको थियो र निस्किने प्रयास गरिरहेको थियो।
जब उनले लुगा निकाल्न खोजे उसले झन्डै चितुवाको पुच्छर समाते।
चितुवा देखेपछि त्रसित बनेका उनले हतार हतार कोठा बन्द गरेका थिए। बिहान त्यसबेला होस्टलमा १५ जना महिलाहरु थिए। उनीहरुले चितुवाको आक्रमणबाट बच्न ढोका बन्द गरेर कोठा भित्रै बसे।
केही बेरमै मौसुमीले नजिकैको वन अधिकारीहरलाई खबर गरे। वन अधिकारीहरुलाई उक्त चितुवा नियन्त्रणमा लिन झन्डै ३ घण्टा लागेको हिन्दुस्तान टाइम्सले जनाएको छ।
अधिकारीहरुका अनुसार बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिइएको छ। होस खुल्ना साथ यसलाई जंगलमा पुनः छाडिनेछ।
आफूहरु ठूलो दुर्घटनाबाट बच्न सफल भएको होस्टल संचालक मौसुमी बताउँछन्।
प्रतिक्रिया