डाइनासोर कस्तो थियो भन्नेबारे थाहा नभए पनि वैज्ञानिकहरुले अहिलेसम्म प्राप्त त्यसका हाड र जीवाश्माको आधारमा त्यसको चित्र कोरेका छन्।
त्यही चित्र हेरेर हामीले डाइनासोर बारे थाहा पाएका हौं। हालै फ्रान्सको दक्षिण पश्चिमी क्षेत्रमा डाइनासोरको हड्डी भेटिएको छ।
उक्त हड्डी ठूलो डाइनासोरको फिलाको भएको बताइएको छ।
सन् २०१० यता एंगीक–चारेन्टी साइटमा वैज्ञानिकहरुले उत्खनन गरिरहेका छन्। सोहि क्रममा हालै डाइनासोरको हड्डी भेटिएको हो।
उक्त साइटमा हालसम्म ७ हजार ५ सय जीवाश्म भेटिसकिएको जनाइएको छ।
उक्त हड्डी चौध करोड वर्ष अगाडिको भएको जनाएको छ। हड्डी घास खाने प्रजातिको डाइनासोरको भएको जनाइएको छ।
यस खोजले डाइनासोरको रोचक रहस्यका बारेमा थप सूचना संकलन गर्न सकिने वैज्ञानिकहरुले बताएका छन्। रोयटर्स
3
Shares
प्रतिक्रिया