ad ad

रोचक


‘धनाढ्य राष्ट्रपति ट्रम्पले मात्र ७५० डलर आयकर तिरे’

‘धनाढ्य राष्ट्रपति ट्रम्पले मात्र ७५० डलर आयकर तिरे’

नेपालखबर
असोज १२, २०७७ सोमबार ७:२८,

ट्रम्पले सङ्घीय आयकर बापत जम्मा सात सय पचास डलर अर्थात झण्डै ९० हजार नेपाली रूपैयाँ मात्र तिरेको समाचारमा उल्लेख गरिएको छ।

डोनल्ड ट्रम्प र उनको कम्पनीहरूका दुई दशक अवधिको कर सम्बन्धी अभिलेखहरू प्राप्त गरेको बताउँदै न्युयोर्क टाइम्सले ट्रम्पले विगत १५ वर्षमध्ये १० वर्ष कत्ति पनि आयकर नतिरेको आरोप लगाएको छ।

ती कर अभिलेखले निरन्तरको घाटा र वर्षौको कर छलीलाई उजागर गर्ने बताइएको छ।

ट्रम्पका आफ्नै ५ सय व्यापारिक संस्थाहरु छन्। यी संस्थाहरु द ट्रम्प अर्गनाइजेसन समूह अन्तर्गत चल्दछन्। जसले वर्षौ अरबौं डलरको आम्दानी गर्दछन्।

तर कर नतिरेको, कर छली गरेको विषय न्युयोर्क टाइम्समा छापिएपछि ट्रम्पले उक्त समाचारलाई ‘फेक न्युज’ मिथ्या समाचार भनेका छन्।

उनी भन्छन्,‘वास्तवमा मैले कर तिरेको छु। मेरो कर भुक्तानी सम्बन्धी विवरण आउने बित्तिकै तपाईँले त्यो देख्न सक्नुहुन्छ। त्यसको अहिले अडिट भैरहेको छ, मेरा कर भुक्तानी विवरणहरू लामो समयदेखि अडिटमा छन्।’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .