पृथ्वीको उत्पती साढे ४ अर्ब वर्ष अगाडि भएको थियो। ठूला दुई तार ठोक्किएपछि पृथ्वीको उत्पती भएको वैज्ञानिकहरु बताउँछन्।
सुरुवातमा आगोजस्तै तातो पृथ्वी विस्तारै सेलाउँदै गएपछि यहाँ जीवहरु उत्पती भएको विज्ञानको ठहर छ।
सुरुवाती चरणमा डाइनासोरहरु पृथ्वीमा थिए। उनीहरु कोही घास खान्थे केही मांसाहारी थिए।
डाइनासोर यस्तै छ भनेर भन्न नसकिए पनि उनीहरुका जीवाश्मा र कंकालको आधारमा वैज्ञानिकहरुले चित्र कोरेका छन्।
हालै ६ करोड ८० लाख वर्ष अगाडि यस धर्तीमा अस्तित्वमा रहेको त्यही जीव डाइनासोरको जीवाश्म भेटिएको वैज्ञानिकहरुले बताएका छन्।
निर्माणको काम गरिरहँदा अमेरिकाको कोलोराडो राज्यस्थित डेनभरमा डाइनासोरको हाडहरु भेटिएका हुन्।
हाल वैज्ञानिकले डेनभर म्युजियममा उक्त हाडलाई सुरक्षित राखेका छन्। उक्त हाड ट्रिकरटप्स प्रजातिको डाइनासोरको भएको पत्ता लागेको छ।
यस प्रजातिको डाइनासोर घास खाने प्रजाति अन्तर्गत पर्दछन्। करोडौं वर्ष अगाडिका जीवाश्म भेटिएपछि वैज्ञानिकले डाइनासोरको रहस्य पत्ता लगाउन यसले ठूलो भूमिका खेल्ने बताएका छन्।
ट्रिकरटप्स प्रजातिको डाइनासोर
Shares
प्रतिक्रिया