ad ad

कला


काठमाडौंमा चीन र दक्षिण एसिया साहित्य सम्मेलन हुने

काठमाडौंमा चीन र दक्षिण एसिया साहित्य सम्मेलन हुने

नेपालखबर
असोज २७, २०७६ सोमबार १०:३२,

मंगलबारदेखि काठमाडौंमा ६ दिने ‘दोस्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलन-२०७६’ हुने भएको छ। सम्मेलनमा चीनसहित दक्षिण एसियाका ७ देशको सहभागिता रहनेछ।

‘हिमालय वारपार साहित्य तथा सांस्कृतिक सञ्जाल’ विषय तीन दिने गोष्ठीमा नेपाल र चीनबाट चार–चार, भारत, पाकिस्तान र बंगलादेशबाट दुई–दुई, श्रीलंका र माल्दिभ्सबाट एक–एक गरी १६ जनाले कार्यपत्र प्रस्तुत गर्नेछन्।

सन् २०१५ मा यी देशहरुका एकेडेमी सम्मेलित ‘चीन तथा दक्षिण एसिया साहित्य सभा’ नामक निकाय स्थापन भएको थियो। सभामा भुटान र अफगानिजस्तानलाई समेत सहभागी गराउने प्रयास भइरहेको छ।

यसअघि पहिलो सम्मेलन सन् २०१७ मा चीनको छेन्दुमा भएको थियो। हरेक दुई वर्षमा कुनै एक देशले सम्मेलन आयोजना गर्ने सभाको अवधारणा रहेको छ। सम्मेलनमा नेपालबाट अभि सुवेदी, अमनराज जोशी, गोविन्दराज भट्टराई र योगेन्द्रप्रसाद यादवको सहभागिता रहनेछ।

चीनबाट लि कियाङ्गी, लि सीवङडोन, लु मिन र जाऊ सुन्पुको सहभागिता रहनेछ। त्यस्तै, भारतबाट श्रीराम परिहर, सेल्भ्यानस, पाकिस्तानबाट खलिद खान र मुहम्मद हसन, बंगलादेशबाट महबुबा रहमान र मोहम्मद अकबर, माल्दिभ्सबाट राफिया अब्दुल गादिर र श्रीलंकाबाट विमल उदयाको सहभागीता रहनेछ।

चौँथो दिनमा चन्द्रागिरीमा चन्द्रागिरीमा नेपालमा पर्यटन विकासको सम्भावना विषयक छलफल हुनेछ। दुई दिन पाहुनालाई पोखरा घुमाउने कार्यक्रम रहने छ। सम्मेलनको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने प्रज्ञा प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोष्ठीमा पत्रकार तथा सर्वसाधारणलाई भने प्रवेश दिइएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .