तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ। युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन्।
भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ। मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन्।
लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, बिकाश चौधरीको संगीत रहेको गीतमा बिकाश चौधरी र चन्दा घिसिङको स्वर छ। बिक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन्।
भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन्। तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन। यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन्।
असोज २७, २०७६ सोमबार १०:१०
प्रतिक्रिया