ad ad

कला


सी विश्वकै दूरदर्शी नेताः रेखा थापा

सी विश्वकै दूरदर्शी नेताः रेखा थापा

नेपालखबर
असोज २५, २०७६ शनिबार १०:१६,

अभिनेत्री रेखा थापाले चिनियाँ राष्ट्रपति सी चिनफिङ विश्वकै दूरदर्शी नेता भएको बताएकी छन्।

शनिबार नेपालको दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका राष्ट्रपति सीलाई स्वागत गर्दै अभिनेत्री थापाले उनी विश्वकै दूरदर्शी अभियन्ता र नेता भएको बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेत्री थापाले भनेकी छन्, ‘विश्वका सर्वाधिक दूरदर्शी सपनाको अभियन्ता, नेता चिनिया प्रेसिडेन्ट सी चिनफिङलाई नेपालमा स्वागत छ। नेपाल चाइना मित्रता अमर रहोस्।’

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणमा राष्ट्रपति सी शनिबार नेपाल आइपुगेका हुन्। शनिबार र आइतबार दुई दिन नेपाल भ्रमणमा रहने सीले राष्ट्रपति, प्रधानमन्त्री, नेकपा अध्यक्ष प्रचण्ड, विपक्षी दलका नेता शेरबहादुर देउवा लगायतसँग भेट गर्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .