साहित्यतर्फ नोबेल पुरस्कार पोल्यान्डकी लेखक ओल्गा तोकार्जुक र अस्ट्रेलियन पिटर हान्ड्केले पाउने भएका छन्।
स्विडिस एकेडेमीले सार्वजनिक गरेको सूचीमा ओल्गालाई सन् २०१८ र पिटरलाई सन् २०१९ का लागि पुरस्कृत गर्ने घोषणा गरेको हो।
ओल्गालाई जीवनको सीमाको बारेमा ज्ञानकोषको काल्पनिक कल्पनाका लागि र पिटरलाई भाषिक सरलताका आधारमा परिधि र मानव अनुभवको विशिष्टता खोजी गरेकोमा पुरस्कृत गरिएको जनाइएको छ।
पुरस्कारको बारेमा जानकारी गराउँदा ओल्गा घरमा थिइन् र पिटर जर्मनीको यात्रामा थिए।
साथै, स्विडिस एकेडेमीले आगामी दिनहरुमा नोबेल पुरस्कारलाई विगतको ‘पुरुष उन्मुख’ र ‘युरोसेन्ट्रिक’ साहित्यबाट टाढा राख्न खोजेको बताएको छ।
यो पुरस्कार साहित्यको दिशामा अग्रगामी भूमिका निर्वाह गर्ने व्यक्तिलाई प्रदान गरिन्छ। हालसम्म ११ जना साहित्यकारले पुरस्कार पाएकोमा एक जना मात्र महिला रहेकी छन्।
प्रतिक्रिया