गायक निशान भट्टराई र गायिका मेलिना राईको स्वरमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक ‘हावा चल्यो’ बोलको गीतमा बसन्त सापकोटाको संगीत रहेको छ। गीतको शब्द पनि सापकोटाले नै लेखेका हुन्।
संगीतकार बसन्तकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा नायिका वर्षा राउत र अर्जुन गौतमको अभिनय रहेको छ। सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा प्रविण सिंहको करियोग्राफी रहेको छ।
नवराज ज्ञावलीले खिचेको भिडियोलाई विकास ज्ञावलीले सम्पादन गरेका छन्। भिडियोमा साइब्रत आचार्य साहायक निर्देशकको रुपमा रहेका छन्।
असोज १४, २०७६ मंगलबार ११:५
प्रतिक्रिया