बलिउड हंगामाका अनुसार नयाँ घर खरिद गर्नका लागि अजयले ऋण लिएका हुन्।
उनले ऋण लिएर जुहु क्षेत्रमा नयाँ घर खरिद गरिसकेका छन्। यो नयाँ घर अजय बस्ने घर नजिकै भएको बताइएको छ।
हालको घर ४७४ दशमलब ४ स्क्वायर मिटरमा फैलिएको छ। अजयले यो घर ४७ करोड ५० लाखमा खरिद गर्दा १८ करोड ७५ लाख बैंकबाट ऋण लिएका हुन्।
गत नोभेम्बर र डिसेम्बर महिनामा अजयले यो घर खरिद गर्ने प्रक्रिया अगाडि बढाएका थिए। बलिउड हंगामा
प्रतिक्रिया