ad ad

कला


डीपीको ‘अन्तर्मनका सुसेली’ र ‘क्षितिजपारी’ सार्वजनिक

डीपीको ‘अन्तर्मनका सुसेली’ र ‘क्षितिजपारी’ सार्वजनिक

नेपालखबर
फागुन २२, २०७७ शनिबार ५:४७,

कवि तथा गीतकार डीपी दाहाल ‘परिश्रमी’को पुस्तक ‘अन्तर्मनका सुसेली’ र म्युजिक भिडियो ‘क्षितिजपारी’ सार्वजनिक भएको छ।

काठमाडौँमा एक कार्यक्रमबीच शताब्दी पुरुष सत्यमोहन जोशी र संगीतकार शम्भुजित बाँस्कोटाले पुस्तक र भिडियो एकसाथ सार्वजनिक गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि जोशीले कवि तथा गीतकार दाहाल लगायत भिडियोको टिमलाई बधाई दिए। म्युजिक भिडियोको तारिफ गर्दै जोशीले राम्रो भिडियो निर्देशन र कलाकारहरुको अभिनयले जीवनदान दिने काम भएको बताए। जोशीले पुस्तक ‘अन्तर्मनका सुसेली’को पनि प्रशंसा गर्दै यस पुस्तकको बारेमा लामो ब्याख्या गरेका थिए।

त्यस्तै अर्का अतिथि संगीतकार बाँस्कोटाले पनि कृतिका लागि कवि तथा गीतकार दाहाललाई बधाई दिए।

कार्यक्रममा कवि तथा गीतकार दाहालले आफ्नो धेरै पेशा भए पनि गीत, संगीत विधाले आफूलाई जागाइरने र बचाइरहने काम गरेको बताए।

चर्चित गायक प्रताप दास र चर्चित गायिका रचना रिमालले गाएको ‘क्षितिजपारी’ बोलको गीतलाई पुरुषोत्तम न्यौपानेले संगीत भरेका छन्। यसको म्युजिक भिडियोको निर्देशन उत्तम श्रेष्ठ शिशिरले गरेका छन्।

सुधिर श्रेष्ठ र अशु न्यौपानेले अभिनय गरेको म्युजिक भिडियामा कामको तारिफ धेरै पाएका छन्। निकै अब्बल अभिनय र निर्देशनले गीतको म्युजिक भिडियो फिल्मी शैलीमा प्रस्तुत गरिएको छ।

यस भिडियोलाई चर्चित सिनेमाटोग्राफर ज्ञानेन्द्र हुमागाई शर्माले खिचेका छन् भने अमृत चापागाईले सम्पादन गरेका छन्। यो गीत डिलाइटेड युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .