बलिउडमा आतिफ अस्लमले तेरा होने लगा हुँ, पेहेली नजरमे, तेरेसँग यारा, बे इन्तहा, तेरेबिन, मे रंग रर्वतोका, पिया ओरे पिया, तुजाने ना लगायतका दर्जनौं चर्चित गीत गाइसकेका छन्।
भारतीय गायक जत्तिकै उनको माग भारतीय बजारमा छ। तर पछिल्लो समय उनी विवादमा परेका छन्।
भारतले आफ्नो संविधानको धारा ३७० हटाएर जम्मु कस्मिरलाई प्रदान गरेको विशेषाधिकार हटाएको छ। जम्मु कस्मिरमा मुस्लिम बाहुल नागरिक बसोबास गर्दछन्।
पाकिस्तानले भारतको यस कार्यको निन्दा गरेको छ। पाकिस्तानले यस कार्यको निन्दा गरेसँगै गायक आतिफ अस्लमले पनि भारतविरोधी अभिव्यक्ति दिएका छन्।
— Atif Aslam (@itsaadee) August 6, 2019Happy to share something very big with all of you. Inshallah I’ll be leaving soon for the most important (cont) https://t.co/7lBJRH1K7y
यससँगै उनको चर्को आलोचना चर्को रुपमा भएको छ। मानिसहरुले बलिउडमा आतिफ अस्लमको भविष्य समाप्त भएको टिप्पणी गरिरहेका छन्।
आतिफले ट्वीटमा कस्मिरी जनतामाथि भइरहेको भारतीय सरकारको हिंसा र अत्याचारको विरुद्ध आफू भएको बताएका छन्।
प्रतिक्रिया