ad ad

कला


जसले जितिन् ‘बिग बोस’, हात पारिन् भारु ३६ लाख

जसले जितिन् ‘बिग बोस’, हात पारिन् भारु ३६ लाख

नेपालखबर
फागुन ९, २०७७ आइतबार २३:७,

भारतको रियालिटी सो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन्। योसँगै उनले भारु ३६ लाख नगद प्राप्त गरेकी छन्।

bigboss2

रुबिना यसअघि टीभी सिरियल ‘छोटी बहू’ की चर्चित अभिनेत्री थिइन्।

यस्तै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन्। इन्डियन आइडलको पहिलो सिजनमा पनि उनी उत्कृष्ट तीनमा परेका थिए।

बिग बोसको यो सिजनमा रुबिनाको दम्पतीले नै प्रतिस्पर्धामा भाग लिएका थिए। उनका पति अभिनव शुक्ला पनि सिरियल ‘छोटी बहू’बाटै चर्चामा आएका कलाकार हुन्।

यस्तै निशान्त सिंह मलकानी, राखी सावन्त, जस्मिन भसिन, सारा गुरपाल, पवित्रा पुनिया, जान कुमार सानु, शहजाद देओल, निक्की तम्बोली र एजाज खान बिग बोसमा सहभागी थिए।

सोका होस्ट सलमान खानले विजेता घोषणा गर्नुअघि फाइनलमा पुगेका सबै प्रतियोगीलाई १४ लाख भारु लिएर प्रतियोगिताबाट बाहिरिन सकिने विकल्प दिएका थिए।

यस विषयमा सोचेर निर्णय लिन ३० सेकेन्डको समय दिइएको थियो। राखी सावन्तले भने पहिले नै विचार गरेकी थिइन्, १४ लाख लिएर प्रतियोगिता छाड्नुपर्छ।

बिग बोसको अघिल्लो सिजन सिद्धार्थ शुक्लाले जितेका थिए भने आसिम रियाज फर्स्ट रनर अप बनेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .