ad ad

कला


एमिली शृंखलाका दुई लोकप्रिय बालकथा बजारमा

एमिली शृंखलाका दुई लोकप्रिय बालकथा बजारमा

नेपालखबर
फागुन २, २०७७ आइतबार ९:५६,

कथालय इन्कले विश्वका उत्कृष्ट र रमाइला बालकथाहरु सार्वजनिक गर्दै आएको छ।

रोचक कथा र लोभलाग्दा चित्रहरुले भरिएका बालसाहित्य प्रकाशन गर्ने क्रममा चर्चित शृंखला एमिली र खरायो शृंखलाका दुई पुस्तक नेपालीमा अनुवाद गरेको छ।

क्रेसिडा कावल र निअल लेटनको ‘एमिली र खरायो’ र ‘एमिली र त्यो चिज’ दुवै कथाले बालबालिकालाई कल्पना र रोमाञ्चका बेग्लै दुनियाँमा पुर्याउँछ।

एमिलीको खरायो बेलायतको प्रतिष्ठित नेस्ले चिल्ड्रेन्स बुक प्राइज जितेको लोकप्रिय पुस्तक हो।

साहस, बुद्धि र दयालु मनको कथा अनि डिटेलसहितका आकर्षक चित्र हेर्दै पढ्न चाहनेका लागि यी दुवै कथा उपयोगी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .